Sunday, September 19
Shadow

मुख गनाउँछ ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ…

काठमाण्डौ । मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :

▪धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने
▪धेरै तातो र धेरै चिसो नखाने
▪मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने
▪हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने
▪मुखमा खानेकुरा राखेर नसुत्ने
▪बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने
▪बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने
▪रेसा भएको र पोसिलो खानेकुरा खाने
▪पानी प्रशस्त पिउने
▪वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ
▪नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने, फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने
▪हरेक ५ महिनामा दाँत जँचाउने
प्लस टिप्स
डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

यो पनी पढ्नुहोस्ः किन दुख्छ कम्मर ? यसबाट कसरी छुटकारा दिलाउने? यस्तो छ उपचार विधि !
एजेन्सी- काठमाडौं । हुन त कम्मर दुख्ने समस्या विशेषगरी ४५–६४ उमेर समूहको मानिसमा पाइन्छ । तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या हरेकमा उत्पन्न भएको छ । अचम्मको कुरा के छ भने जसलाई यो समस्या शुरु हुन्छ, धेरैजसो मानिसहरुमा १।५ देखि ३ महिनामा स्तवः ठिक हुन्छ । तर ५ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन् जसमा यो समस्याले नसालाई प्रभावित समेत गर्दछ । धेरैजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुन्छ । यसले काम गर्न समस्या खडा गरिदिन्छ । हाम्रा केही बानीमा परिवर्तन ल्याएर यसबाट निकै हदसम्म छुट्कारा पाउन सकिन्छ ।

किन दुख्छ कम्मर ?
-मांसपेशीहरुमा अत्याधिक तनाव
-अत्याधिक तौल
-गलत तरिकाले बस्नु
-सधैंजसो अग्लो हिल भएको जुत्ता लगाउनु
-गलत तरिकाले अत्याधिक गह्रौं तौल उठाउनु
-लामो समयसम्म बिरामी हुनु
-अत्याधिक नरम डसनामा सुत्दा

कम्मर दुखाईबाट बच्ने घरेलु उपायः-
१. ताउलाई आगोको सानो आँचमाथि बसालेर त्यसमाथि ज्वानो हाल्नुहोस् र एकछिन चलाउनुहोस् । त्यो चिसो भएपछि थोरै मुखमा हाल्नुहोस् र विस्तारै चपाउनुहोस् र निल्नुहोस् । यसको नियमित सेवनले कम्मर दुख्ने समस्या हट्दै जान्छ
२. धेरै बेरसम्म एउटै स्थान र पोजिसनमा बसेर काम नगर्नुहोस् । हरेक ४० मिनेटपछि आफ्नो कुर्सीबाट उठेर थोरै हिँड्नुहोस्
३. नरिवलको तेल तताउनुहोस् र त्यसमा लसुनको तीनचार पोटी हल्का रातो नहुञ्जेलसम्म फुराउनुहोस् । यो तेल मनतातो भएपछि कम्मरमा मालिश गर्नुहोस् । दुखाई कम हुन्छ
४. नुन हालेको तातो पानीमा रुमाल हालेर निचोर्नुहोस् । त्यसपछि घोप्टो परेर सुत्नुहोस् । दुखेको ठाउँमा रुमालले सेक्नुहोस् । कम्मर दुखाईबाट राहत पाउनका लागि यो अचुक उपाय हो
५. नरम सीट, म्याट्रेस, डनलपमा नबस्नुहोस्, नसुत्नुहोस् । कम्मर दुख्ने मानिसहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक छ
६. योगाले पनि कम्मर दुखाईलाई लाभ गर्छ । कम्मर दुखाईका योगासन योगगुरुको रेखदेखमा नै गर्न आवश्यक छ
७. क्याल्सियमको कमीले पनि हड्डी कमजोर हुन्छ त्यसकारण क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नुहोस्
८. कराईमा दुई तीन चम्चा नुन हालेर त्यसलाई राम्रोसँग तताउनुहोस् । यो नुनलाई अलि मोटो सूतीको कपडामा बाँधेर पोको बनाउनुहोस् । उक्त पोकोले कम्मरमा सेक्नुहोस्, आराम प्रदान गर्दछ
९. कम्मर दुख्ने समस्या भएकाले व्यायाम गर्न पनि आवश्यक छ । स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो । स्विमिङले मानिसहरुको तौललाई कन्ट्रोल गर्दछ भने यसले कम्मर दुखाईमा लाभ पुर्याउँछ । साइकल चलाउँदा कम्मर सिधा राख्नुपर्छ । व्यायाम गर्दा मांसपेशीले ताकत पाउँछन् भने यसले तौललाई पनि बढ्न दिँदैन
१०. अफिसमा काम गर्दा कहिले पनि ढाडको सहारामा नबस्नुहोस्

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!