Wednesday, September 22
Shadow

किन दुख्छ कम्मर ? यसबाट कसरी छुटकारा दिलाउने? यस्तो छ उपचार विधि

काठमाडौं । हुन त कम्मर दुख्ने समस्या विशेषगरी ४५–६४ उमेर समूहको मानिसमा पाइन्छ । तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या हरेकमा उत्पन्न भएको छ । अचम्मको कुरा के छ भने जसलाई यो समस्या शुरु हुन्छ, धेरैजसो मानिसहरुमा १।५ देखि ३ महिनामा स्तवः ठिक हुन्छ । तर ५ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन् जसमा यो समस्याले नसालाई प्रभावित समेत गर्दछ । धेरैजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुन्छ । यसले काम गर्न समस्या खडा गरिदिन्छ । हाम्रा केही बानीमा परिवर्तन ल्याएर यसबाट निकै हदसम्म छुट्कारा पाउन सकिन्छ ।

किन दुख्छ कम्मर ?

▪ -मांसपेशीहरुमा अत्याधिक तनाव
▪ -अत्याधिक तौल
▪ -गलत तरिकाले बस्नु
▪ -सधैंजसो अग्लो हिल भएको जुत्ता लगाउनु

▪ -गलत तरिकाले अत्याधिक गह्रौं तौल उठाउनु
▪ -लामो समयसम्म बिरामी हुनु
▪ -अत्याधिक नरम डसनामा सुत्दा
कम्मर दुखाईबाट बच्ने घरेलु उपायः-

▪ १. ताउलाई आगोको सानो आँचमाथि बसालेर त्यसमाथि ज्वानो हाल्नुहोस् र एकछिन चलाउनुहोस् । त्यो चिसो भएपछि थोरै मुखमा हाल्नुहोस् र विस्तारै चपाउनुहोस् र निल्नुहोस् । यसको नियमित सेवनले कम्मर दुख्ने समस्या हट्दै जान्छ ।
▪ २. धेरै बेरसम्म एउटै स्थान र पोजिसनमा बसेर काम नगर्नुहोस् । हरेक ४० मिनेटपछि आफ्नो कुर्सीबाट उठेर थोरै हिँड्नुहोस् ।
▪ ३. नरिवलको तेल तताउनुहोस् र त्यसमा लसुनको तीनचार पोटी हल्का रातो नहुञ्जेलसम्म फुराउनुहोस् । यो तेल मनतातो भएपछि कम्मरमा मालिश गर्नुहोस् । दुखाई कम हुन्छ ।

▪ ४. नुन हालेको तातो पानीमा रुमाल हालेर निचोर्नुहोस् । त्यसपछि घोप्टो परेर सुत्नुहोस् । दुखेको ठाउँमा रुमालले सेक्नुहोस् । कम्मर दुखाईबाट राहत पाउनका लागि यो अचुक उपाय हो ।
▪ ५. नरम सीट, म्याट्रेस, डनलपमा नबस्नुहोस्, नसुत्नुहोस् । कम्मर दुख्ने मानिसहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक छ ।
▪ ६. योगाले पनि कम्मर दुखाईलाई लाभ गर्छ । कम्मर दुखाईका योगासन योगगुरुको रेखदेखमा नै गर्न आवश्यक छ ।

▪ ७. क्याल्सियमको कमीले पनि हड्डी कमजोर हुन्छ त्यसकारण क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नुहोस् ।
▪ ८. कराईमा दुई तीन चम्चा नुन हालेर त्यसलाई राम्रोसँग तताउनुहोस् । यो नुनलाई अलि मोटो सूतीको कपडामा बाँधेर पोको बनाउनुहोस् । उक्त पोकोले कम्मरमा सेक्नुहोस्, आराम प्रदान गर्दछ ।
▪ ९. कम्मर दुख्ने समस्या भएकाले व्यायाम गर्न पनि आवश्यक छ । स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो । स्विमिङले मानिसहरुको तौललाई कन्ट्रोल गर्दछ भने यसले कम्मर दुखाईमा लाभ पुर्याउँछ । साइकल चलाउँदा कम्मर सिधा राख्नुपर्छ । व्यायाम गर्दा मांसपेशीले ताकत पाउँछन् भने यसले तौललाई पनि बढ्न दिँदैन ।
▪ १०. अफिसमा काम गर्दा कहिले पनि ढाडको सहारामा नबस्नुहोस् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!