Sunday, September 19
Shadow

दिनहुँ किसमिस भिजाएर खानुका यस्ता छन् फाइदै फाइदा। जानिराख्नुहोस्

काठमाडौँ। यदि तपाई स्वस्थ रहन चाहनु हुन्छ भने दिनहुँ किसमिसका १० दाना राति भिजाएर बिहान खाने गर्नुस् । रगत कमी हुने, उच्च रक्तचाप र पाचन प्रक्रियासम्बन्धी समस्या किसमिस खानाले समाधान गर्छ । अंगुर सुकाएर किसमिस बनेको हुन्छ । कसरी खाने किसमिस ?

एक रात १० दाना भिजाउनुहोस्ः किसमिस त्यतिकै खान पनि सकिन्छ । तर, एक रात भिजाएर बिहान खाँदा त्यसबाट निकै फाइदा हुन्छ । पानीमा भिजेपछि किसमिसको दाना फुल्छ त्यही खानुहोस् । किसमिस भिजाएको जुन पानी हुन्छ त्यो पनि पिउनुहोस् । भिजेको किसमिसमा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबर भरपूर हुन्छ । मधुमेहका रोगीले भने किसमिस खानुहुँदैन । किसमिस हरियो, खैरो, कालो प्रकारका हुन्छन् । यदि तपाई तरकारी बनाउँदै हुनुहुन्छ भने किसमिसको पनि प्रयोग गर्न सक्नु हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमताः भिजेको किसमिस र त्यसको पानी खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा हुने एन्टिआक्सिडेन्ट्सका कारण इम्युनिटी पावर निकै राम्रो हुन्छ । जसले विभिन्न ब्याक्टेरियासँग लड्न सक्षम हुन्छ । जसका कारण खराब ब्याक्टेरिया हाम्रो शरीरमा प्रवेश गर्न पाउँदैन ।

ब्लड प्रेसरलाई नियन्त्रण गर्न मद्दत गर्छः एक रात भिजेको किसमिस खानाले सबैभन्दा बढी ब्लड प्रेसर (उच्च रक्तचाप) का विरामीलाई फाइदा पु¥याउँछ । ब्लड प्रेसर र हाइपेरटेन्सनबाट पीडित हुनेले किसमिस खाएमा नियन्त्रण गर्न मद्दत गर्छ । यसमा हुने पोटासियमले हाइपरटेन्सनका विरामीलाई लाभदायक हुन्छ । किसमिसले मुुटुरोगीलाई पनि फाइदा गर्छ ।

शरीरमा रगत बढाउँछः किसमिसको नियमित सेवनले एनिमिया रोगबाट बचाउँछ । किनकि किसमिस आइरनको धेरै राम्रो स्रोत हो । किसमिसमा भिटामिन बी कम्प्लेक्स बढी पाइन्छ । यी सबै तत्व रक्त सञ्चारमा उपयोगी हुन्छ । किसमिसमा तामा पनि पाइन्छ, जसले रातो रगतको सेल्स बढाउन मद्दत गर्छ ।

पाचन प्रक्रिया सुधार गर्छः भिजेको किसमिसबाट क्यालोरी ज्यादा पाइन्छ । त्यसैले किसमिस धेरै खानु ठीक हुन्न । नियमित रूपमा किसमिसलाई खानामा सामेल गर्नाले पाचन प्रक्रिया सुधार गर्छ । किसमिसमा फाइबर भरपूर हुन्छ । एक गिलास पानीमा १२ वटासम्म किसमिस भिजाएर खाने गर्नुहोस्, तपाईको पेटको समस्या निमूर्ल हुन्छ ।

शरीरबाट गन्ध बाहिर निकाल्छः किसमिसलाई राति भिजाएर बिहान पानी छानेर खाने गर्नाले यसबाट धेरै लाभ पाउन सकिन्छ । किसमिसको पानीले शरीरमा रहने टाक्सिन्स अर्थात् गन्ध र खराब पदार्थ बाहिर निकाल्छ । जसले तपाईलाई कलेजो, किडनी, पत्थरीलगायतका रोगबाट बचाउँछ । किसमिसको पानी दिनहुँ पिउनाले छालामा समेत चमक आउँछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!