Thursday, September 23
Shadow

छालालाई चम्किलो बनाउँने बदमका अचुक फाइदाहरु । जानिराख्नुहोस्

काठमाडौ बदम स्वादका लागि मात्र नभई सवास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो एउटा कन्दमुल हो । बदामको सेवन गर्नाले स्वास्थमा धेरै फाइदा हुन्छ । यसलाई हरेक दिन एक मुठी खाएमा मुटु रोगदेखि क्यान्सरसम्मका रोगहरूको जोखिम न्युनिकरण गर्दछ ।

बदामले मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ। बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ। बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ। यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ गर्भवती र शिशुलाई फाइदाः बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा पुर्याउँछ। तसर्थ, गर्भाधारणको सुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खानुपर्छ।

यो पनी पढ्नुहोस्ः मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ
काठमाडौं- भदौ महिना नेपालमा हरिको मकै खाने मौसम हो । सिजनमा मात्रै हाेइन मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउछ ।

मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि पनि निकै फाइदा हुन्छ । मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ ।

क्यानसरबाट जोगाउँछ
मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सरजस्ता खतरनाक रोगको खतरा पनि कम हुन्छ । यसका साथै यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । मकैमा पाइने फेरुलिक एसिड, स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ । हड्डीलाई बलियो बनाउनका लागि तपाईं दुध र भिटामिन डी को सेवन गर्नुहुन्छ । तर तपाईंलाई थाहा नहोला, मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ ।

छालालाई चम्किलो बनाउँछ
छालालाई चम्किलो बनाउनका लागि तपाईं के मात्र गर्नुहुन्न तर मकैको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ । वास्तवमा मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ । यसका साथै एन्टी–अक्सिडेन्ट फ्री र्डिकलबाट बचाएर अनुहारमा चाउरी पनए दिँदैन ।

आँखाको लागि फाइदाजनक
मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ । यसका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ ।

अल्छी हटाउँछ
यदि तपाईंलाई अल्छी लाग्छ र शरिरमा ऊर्जा छैन जस्तो अनुभव हुन्छ भने मकैको सेवन गर्नुहोस् । मकैमा कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जावान् राख्छ । यो खाँदा पेट चाँडै नै भरिन्छ र तपाईंलाई धेरैबेरसम्म ऊर्जावान् राख्दछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!