Sunday, September 26
Shadow

आफूलाई राजकुमारी महसुस गर्दै साम्राज्ञी (१७ तस्बिरमा हेर्नुहोस्)

यति बेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘तिम्रो मेरो साथ’को छायाङ्कनका व्यस्त छिन । चलचित्रको छायाङ्कन सुरु भएसँगै उनले छायाङ्कन स्थलमा कैद गरिएका आफ्ना तस्बिरहरू दैनिक जसो सार्वजनिक गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी निकै उत्साहित देखिन्छिन् । पछिल्लो समय लगातार चलचित्र असफल, नायक भुवन केसीसँगको विवाद, प्रेममा ब्रेकअपका कारण पनि उनी तनावमा थिइन् । तर, लकडाउनपछि चलचित्रको छायाङ्कनमा फर्किन पाउँदा उनी उत्साहित देखिएकी हुन सक्छ ।

उनै, साम्राज्ञीले सामाजिक संजालमा आफूलाई ‘राजकुमारी’ महशुश भैरहेको भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् । साम्राज्ञीले सार्वजनिक गरेको तस्वीरमा उनी सेतो पहिरनमा छिन् । उक्त पहिरनले उनको सौन्दर्यतालाई झनै प्रष्ट रुपमा झल्काएको देख्न सकिन्छ ।

उक्त पहिरनमा विभिन्न पोजमा तस्वीर खिचाउँदै साम्राज्ञीले आफूलाई राजकुमारी भन्न खोजेकी छिन् । चलचित्र क्षेत्रमा आएसँगै स्टार नायिकाको रुपमा उनको चर्चा हुन थालेको थियो । तर, विवादस्पद बयान, असफल चलचित्र र विवादका कारण उनको क्रेज कमजोर हुँदै गएको अवस्थामा साम्राज्ञी आफ्नो क्रेज फर्काउने दौडमा पनि छिन् । हेर्नुस् तस्वीरहरु

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!