Wednesday, September 22
Shadow

फागुन १३ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ । प्रिय साथीसँग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला । यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठुला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला । अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । यात्राको संभावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज कुनै पनि नयाँ काम नथाल्नु होला । टाढाको यात्रा हुने दिन छ । लेनदेनको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ । साथै, रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ । साथै, प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन । समयको ब्यर्थ नाश होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । तर, सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला । मनमा उदासिनता बढ्ने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिेनेछन् । बिहान काम बन्नेछ । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!