Tuesday, September 21
Shadow

जीवनमा सधैँ गो’प्य राख्नुपर्छ यी कुराहरु

कसै कसैको स्वाभाव अरुलाई झट् विश्वास गरिहाल्ने हुन्छ । यस्ता मानिसहरुले मन मिल्दा आफ्ना सारा कुरा अरुलाई बताउने गर्छन् । जसले पछि स्वयंलाई हानी पुर्याउन सक्छ । जीवनमा कसैसंग जतिनै गाढा मित्रता कायम गरेपनि उसलाई आ’यु, धन, घरको र’हस्य, गुरुमन्त्र, मै’थुन, दान, मान, अपमान एवं औषध बारे कहिले जानकारी दिनुहुँदैन ।

दै’त्यहरुका गुरु शुक्रचार्य महान् नीतिकार पनि थिए । भगवान् शिवलाई गुरु बनाएर म’रेकालाई बचाउने मृ’तसञ्जीवनी विद्या सिकेका शु’क्राचार्यको शिक्षा शु’क्रनीतिका रुपमा प्रसिद्ध छ । उनले थुप्रै शास्त्रहरु रचना गरेका छन् । शु’क्रनीतिको एक श्लोकमा ९ वटा यस्ता कुराहरु बताइएका छन् जसलाई हरेक अवस्थामा अथवा हर हालमा लुकाएर राख्नुपर्छ ।

शु’क्रनीतिका अनुसार मानिसले आफ्नो आयुका विषयमा जो कोही व्यक्तिलाइृ जानकारी दिनुहुँदैन । आयु वा उमेरलाई जति गो’प्य राख्न सकियो त्यति नै राम्रो मानिन्छ । आयुका विषयमा श’त्रुले थाहा पाए भने उपयुक्त अवसर पर्खेर नोक्सान पुर्याउँछन् तसर्थ आफ्नो उमेर जोकोहीलाई बताउनु हुँदैन । धनसम्पत्ति एवं पैसाले जीवनमा सुखसमृद्धि हासिल हुन्छ तर यही पैसा कतिपय अवस्थामा दुःखको का’रणसमेत बन्नपुग्छ ।

आफ्नो स’म्पत्तिको विषयमा जानकारी जति कम मानिसलाई हुन्छ उति नै राम्रो मानिन्छ । अन्यथा कतिपय गलत मनसायका मानिसले पैसा छ भन्ने सुइँको पाएर पहिले अनेक तिकडम गरेर मित्रता गाँसी पछि ठूलो नोक्सानसमेत पु¥याउन सक्छन् । तसर्थ आफ्नो स’म्पत्तिका विषयमा अरुलाई जानकारी दिनुहुँदैन ।

आफ्नो घरको र’हस्य अरुलाई बताउनु हुँदैन । घरको वास्तुदोष तथा अन्य गृहकलह आदि कुरा अरुले थाहा पाए भने त्यसबाट वि’रोधीले अनुचित लाभ उठाउनसक्ने सम्भावना हुन्छ । अरुलाई बताइयो भने गृहशान्ति गरेको फल पनि प्राप्त हुँदैन । कतिपय मानिस भगवान्को कृपा प्राप्त गर्नका लागि नि’यमित भगवान्को पूजापाठ एवं जपतप गर्छन् ।

यसका लागि दीक्षा पनि लिएका हुन्छन् । आफूले जुन मन्त्रको जप गरिन्छ त्यो कसैलाई पनि बताउनु हुँदैन । भनिन्छ, जसले आफ्नो पूजापाठ एवं मन्त्रलाई गुप्त राख्नसक्छ उसैलाई आफूले गरेको पुण्यकार्यको फल प्राप्त हुन्छ । मै’थुन वा यौ’नजीवनका विषयमा अरुलाई जानकारी दिनुहुँदैन । यौ’न जीवनलाई गो’प्य राख्नु नै हरेक हिसाबले राम्रो मानिन्छ ।

दुई व्यक्तिबीचको कुरा तेस्रोले थाहा पायो भने उसले त्यसबाट ना’जायज फाइदा उठाउन सक्छ । यो विषयमा अरुले थाहा पाए भने त्यो आफ्नो लागि स’मस्या वा ला’जको विषय बन्नपुग्छ । दान त्यस्तो पुण्यकर्म हो जुन जति गो’प्य राख्न सक्यो उति नै फलदायी हुन्छ । जो मानिसले अरुबाट प्रशंसा पाउनका लागि वा अन्य मानिसका अगाडि

आफूलाई महान् सिद्ध गराउने उद्देश्यका साथ देखावटी दान गर्छ त्यस्ता व्यक्तिले त्यसअघि गरेका सबै पुण्यकर्म नष्ट हुन्छन् । कतिपय मानिसलाई आफ्नो मानसम्मान अरुलाई देखाउने बानी हुन्छ । यो बानी कुनै पनि मानिसका लागि लाभदायक हुँदैन । मानसम्मानलाई देखावटी रुपमा अरुसामु दर्शाउनाले आफूप्रति अरुमा घृ’णाभाव पैदा हुनसक्छ ।

यस्तो बानीका का’रण अरुले आफूसित दूरी कामय राख्न वा त्यस्तो चेष्टा गर्न सक्छन् । आफूमाथि कुनै बखत कसैबाट अपमान भएको छ भने उक्त कुरालाई हरहमेशा सबैबाट गुप्त राख्नुपर्छ । यस्तो कुरा अरुलाई बताइयो भने आफैंलाई नोक्सान हुन्छ । अरुले यस्तो कुरो थाहा पाए भने उनीहरुले पनि सम्मान गर्न छोड्छन् र आपूलाई हाँसोको पात्र बनाउँछन् ।

औ’षधको अर्थ हुन्छ औ’षधि गर्ने व्यक्ति वा डाक्टर । आफ्नो डाक्टरलाई कतिपय निजी कुराहरु पनि थाहा हुन्छ । यस्तो अवस्थामा आफूलाई औषधि गर्ने व्यक्तिका विषयमा श’त्रुले थाहा पाए भने उनीहरुले तिनीहरुसँग स’म्पर्क गरेर वा मद्दत लिएर आफूलाई हानि पु¥याउने कोसिस गर्नसक्छन् । तसर्थ आफूलाई उपचार गर्ने चिकित्सकको जानकारी अरुलाई दिनुहुँदैन । समय पोस्ट बाट साभार।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!