Wednesday, September 22
Shadow

फागुन ०४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बढ्नाले सुख बढ्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ । परिवारमा पनि खुशिको माहोल छाउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । साथीभाइसंग भेटघाट पनि होला । नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला । स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
समय त्यति राम्रो छैन । गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गर्न सकिदैन । रोगले सताउँला । सोच्दै नसोचेको ठाँउमा रुपैँया पैसाको खर्च होला । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ । केही पैसाको हानी पनि होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बढ्नेछ । आफन्तको काममा नै आजको दिन बित्ने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रोसँग कमाई हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । धन लाभ पनि होला । व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । नसोचेको ठाँउबाट केहि लाभ होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन प्राप्तीको योग छ । टाढाको यात्रा पनि होला । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झै झगडा पनि होला । शरिरमा आलस्यता छाउने देखिन्छ । कसैसँग सामान्य बादविवाद पर्ने देखिन्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, खर्च पनि गराउन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
व्यापारमा सफलताले मन रमाउन छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । मान सम्मान मिल्नेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
ठूला व्यक्तिको आशा र भरोसा पनि तपाई प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । यात्रामा भने जोगिएर काम गर्नु होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ । धनको लाभ पनि होला । सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
परिश्रमले आफ्नो लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नुपर्ने छ । सोच्दै नसोचेको ठाँउमा पैसा जाने दिन छ । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ, दिन राम्रै छ । आय बृद्धि हुने दिन छ । नयाँ कामको अवसर पनि मिल्ला । अँन्नको लाभ पनि हुने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!