Tuesday, September 21
Shadow

फागुन ०३ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पर्याप्त धन लाभ हुनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ । व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आम्दानि अनि खर्च बराबर जस्तो मात्र होला । काममा मन दिन सकेमा सफल भइने दिन छ । खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
कमाइ कम खर्च बढी हुनेछ । सानो कुराले आज बेला बेलामा अशान्ति र छटपटी हुन सक्छ । खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् । आज आलस्यले पनि सताउला । नँया काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
फलदायक समय छ । प्रशस्तै आर्थिक लाभ हुनुका साथै प्रेम सम्बन्धमा रमाइनेछ । वित्त आदिको पनि लाभ हुनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । पूजापाठमा ध्यान जाने खालको दिन रहेको छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक सामाजिक काममा संलग्न भइ मन सन्तोष हुनेछ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ । सन्तानबाट पनि सुखको समाचार आउला । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, परिवारमा झमेला होला । आर्थीक पक्ष ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला । अनावश्यक वादविवादमा परिएला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मान सम्मान पाए पनि मनमा डर रहनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ । काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
प्रेम प्रसंग सुखद रहने छ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका पनि छ । मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन् । चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
फसेको पैसा आज उठ्न सक्छ । तपाईंले प्रयास भने गर्नैपर्ने देखिन्छ । साथीभाइले सर सहयोग गर्नेछन् । मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ । पढाइमा पनि प्रगति होला । प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । सुखबाट टाढा हुनुपर्ने समय छ । गरेका काममा सफलता मिल्नेछ । नचाइने ठाँउमा धनको नाश होला । स्वास्थ्यले साथ नदिन सक्छ । यात्राका क्रममा होस राख्नु राम्रो हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
निजी काम बन्ने समय छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ । धनजनको पनि लाभ होला । कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!