Tuesday, September 21
Shadow

जे गर्दा पनि चाँ’या गएन ? उसो भए एक पटक नु’नको प्र’योग गरेर हेर्नुहो’स्

क’पालमा चाँया पर्ने स’मस्याबाट धेरैजना पीडित हुने गर्छन् । अझ जाडो मौसममा चाँया पर्नु त सामान्य नै हुन्छ । टाउकोमा चाँया परेपछि अनुहार, घाँटी र कपडामा समेत देखिन थाल्छ। जसले गर्दा मानिसहरु निकै स’मस्यामा पर्ने गर्छन् । त्यसैले, चाँयाबाट छुटकारा पाउनको लागि मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । तर उपचार गरेको केही दिनमा नै फेरि चाँया देखिने गर्छ । बजारमा पाइने थुप्रै औषधिहरुले चाँया हटाउने ग्यारेन्टी लिए पनि पटक पटक यो स’मस्या दोहोरिरहने भएकाले यसको समाधानको लागि के गर्ने छ भन्ने चिन्तामा केही घरेलु उपायहरु अपनाउन सकिन्छ।

चाँयाबाट छुटकारा दिलाउने घरेलु उपायः जुन स्याम्पुको नियमित प्रयोग गरिन्छ त्योसँगै अलिकति नुन मिसाएर टाउकोमा लगाउँनुपर्छ । नुन र स्याम्पुको प्रयोग गर्नुभन्दा अगाडि कपाल राम्रोसँग भिजाउँनुपर्छ । नुन र स्याम्पु लगाएको ५ देखि १० मिनेटसम्म राम्रासँग मसाज गरेर पखाल्नुपर्छ । यसले विस्तारै चाँया कम गर्दै लैजान्छ। बिरे नुन (कालो नुन) को प्रयोग गर्दा चाँया कम हुन्छ। जाडो र गर्मी दुवै मौसममा चाँयाको स’मस्या आउँछ भने कालो नुनको प्रयोग फाइदाजनक हुन्छ । कपाललाई हल्का मनतातो पानीमा पखाल्ने र कालो नुन हातमा लिएर कपालमा मसाज गर्ने त्यसपछि तौलियाले बेरेर पाँच मिनेट राखेपछि स्याम्पुले धुने । यो प्रक्रिया केही हप्तासम्म दोहोर्याएमा चाँया हराउँदै जान्छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!