Tuesday, September 21
Shadow

कुनै हिरोइन भन्दा कम छैनन लोकप्रिय गायिका मेलिना राइ…..(हेर्नुहोस १५ तस्बिर सहित)

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै परिचय बानाइ सकेकि मेलिना राइ कुनै हिरोइन भन्दा कम छैनन।

आधुनिक परिवेशमा नेपाली सांगीतिक आकाशमा उडिरहेकी मेलिना राईले नेपाली फिल्म ‘नाई नभन्नु ल ३’ को गीतले सांगीतिक लोकप्रियता हासिल गरेपछि पछि फर्केर हेर्न परेको छैन।
वि. स. २०६५ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा गीतकार भुपाल राई र संगीतकार डाक्टर किराँतको ‘सुनको केश धोए सुनकोशीमा, दुधको मुख धोए दुधकोशीमा,तर दुई किनार झै धीत खोलेर, भित्री मन धुने कुन कोशीमा’ गीत लिएर भाग लिएकी उनी पहिलो एल्बम ‘बहार’ बाट चर्चामा आईकी हुन् ।

हेर्दा जति चंचल देखिए पनि वास्तबमा घरको अनुशासन र बुबाको मार्गदर्शनमा संगीतको शिक्षा सानो उमेर बाटै सुरुवात गरेकी हुन् । कलिलो उमेर १२ बर्षकी हुँदै उनले बुबा जिबेश राईको शव्द रचना र संगीतमा ‘हिमालको काखमा छ यति सुन्दर देश’ बोलको राष्ट्रिय गीत रेकर्ड गरेकी थिइन् ।
जुन गीत नेपाली आम स्रोताहरुको मन मुटुमा बस्न सफल भएको थियो । स्रोता दर्शकहरुको प्रेरणाले मेलिनालाई आजसम्म पनि नेपाली सांगीतिक आकाशमा पछाडि फर्किनु परेको छैन । आकाशमा करोडौँ ताराहरुको बिचमा एउटा ध्रुव तारा जति चम्किलो हुन्छ,उसैगरी सयौँ गायिकामध्येकी एक गायिका हुन् मेलिना राई ।

मेलिना राई, आज नेपालको सबैभन्दा ब्यस्त गायिका हुन् । उनले गाएका धेरै गितहरु सफल छन र उनि त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेकी छन् । सांगीतिक यात्रासँगै स्नातकोत्तरको अध्ययन पनि अघि बढाउने उनले बताइन् । चलचित्र कि नायिका भन्दा कम छैनन गायिका मेलिना राइ हेर्नुहोस उनका केहि तस्बिरहरु।
01

02

03

04

05

06

07

08

09

10

11

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!