Sunday, September 19
Shadow

माघ २५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । मुद्दा मामिला तथा विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ हुन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । काममा आफन्तको सहयोग जुट्न सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । मंगलमय काम सम्पादन हुनेछ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तित्वको संगतले मान सम्मानमा चोट पुग्ने सम्भावना छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धन लाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिबाट प्रशस्त फाइदा मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्य बाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठन पाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । पुरानो रोगले दुःख दिन सक्छ । घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हात हतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!