Tuesday, September 21
Shadow

खुशीको खबर ! चीन-नेपाल टेलिफोन वार्ता, नेपालका लागी गर्यो यति ठूलो घोषणा !

उक्त भिडियो समाचारको अन्तिममा (तल) छ । यो समाचार पनि पढ्नुहोस्:-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर पनि आफ्नो कदमलाई जोगाउन खोच्दा पार नलाग्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ओठतालु सुकेको बताएका छन् । तनहुँको दमौलीमा भएको साक्षात्कारमा पौडेलले प्रधानमन्त्री सहित उनका कानुनी सल्लाहकारको पनि ओठतालु सुकेको बताए ।

शुक्रवार काठमाडौंमा गरेको सम्बोधनलाई देखेर प्रधानमन्त्रीको ओठतालु सुकेको प्रष्ट हुने पौडेलले बताए । ‘प्रधानमन्त्री र उहाँका वकिलको पनि ओठतालु सुकेको छ,’ उनले भने, ‘उहाँले असंवैधानिक काम गर्नुभयो, यस कदमलाई वैधानिक सिद्ध गर्न ज्यान फालेर लागेपनि नहुने भएपछि उहाँ चिन्तित हुनुभएको छ ।’

सत्तरी वर्षको संघर्ष मार्फत संविधान बनाएर देशले विकास र निकासको बाटो लियो भन्ने जनतामा आशा जागेको बेला प्रधानमन्त्रीले ओलीले जनताको भरोसालाई चकनाचुर पारेको पौडेलले आरोप लगाए । ‘भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कारणले संसद विघटन गर्नु दुःखद छ,’ पौडेलले भने ।

अब कांग्रेस पार्टीलाई भरोसाको केन्द्र बनाउन पनि आवश्यक रहेको पौडेलले बताए । कांग्रेसले पहिला संविधानको रक्षा गर्दै ७० वर्षदेखीको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्ने पौडेलले बताए । संविधानलाई कमजोर बनाएर देशलाई विदेशीको क्रिडास्थल बन्न नदिनको लागि पनि कांग्रेस सचेत हुनुपर्ने पौडेलको भनाई थियो । ‘प्रधानमन्त्रीले पद छोडेर भएपनि संविधानको रक्षा गर्नुपर्दथ्यो तर ओलीले मनपरी रुपमा संसद भंग गर्नु गलत भयो,’ पौडेलले भने ।

जिल्लाको विकासको सन्र्दभमा हेर्दा आफुहरुले जसरी छोडेको त्यस्तै रहेको उनले दाबी गरे । ‘नेकपाका साथीहरुले हामीले जीतेपछि त विकासमा कार्यपलट हुन्छ भन्नुभएको थियो तर ३ वर्षको अवधिमा एउटा पनि राष्ट्रिय योजना पार्नुभएन,’ उनले भने ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!