Thursday, September 23
Shadow

नाकमा चि’ल्लो तथा काला वा सेता खि’ल आएर चि’न्तित हुनुभएको छ ? यी उपाय अपनाउनुहोस्

सु’न्दर अनुहा’र सबैको चाहना हुन्छ । तर विविध कारणले सुन्दरतामा कमजोरी आउँछ। सु’न्दरता कमजोर गराउने कारण मध्ये नाकको बाहिर पटी छा’लामा देखिने बढी चिल्लोपना वा स-साना काला वा सेता खिल हुन् । नाकमा चिल्लो वा यस्ता खिलहरु के कारणले आउछ ? र कसरी आउन नदिने वा हटाउने ? नाक स्वा’स्थ्यका लागि मात्र हैन सौन्दर्यको लागि पनि महत्वपूर्ण अंग हो । त्यस कारण नाकको भित्री तथा बाहिरी नाक वरिपरीको छाला भाग स्व’स्थ र सफा हुनु पर्छ । नाक वरिपरीको छालामा विशेष गरेर चिल्लो, काला तथा सेता खिल आउने समस्या धेरै व्यक्तिमा हुन्छ । खिलबारे भ्रम हाम्रो समाजमा नाकमा आउने चिल्लो वा खिल बारे धेरै भ्रम छ । सानोमा बढी चिल्लो खायो वा लायो भने यस्तो हुन्छ, यसलाई निचोरेरै हटाउन सकिन्छ, भन्ने भ्रम मात्र हो । यस कारण नाक वरिपरी छालामा चिल्लो वा खिल आउँछ । १३–१४ वर्षदेखि २४–२५ वर्षको समयमा यस्तो स’मस्या बढी देखा पर्छ । कारण नाकदेखि आँखा तलको भागसम्मलाई ‘टि एरीया अफ दि फेस’ भनिन्छ ।

नाकदेखि आँखाको मुनिसम्मको भागमा ‘सिवाईसेस ग्रन्थी’ हुन्छ । यो ग्रन्थीले शिवम नामक चिल्लो पदार्थ उत्पादन गर्छ । यस्तो चिल्लो पदार्थ छा’लाबाट सजिलै बाहिर जान नसके पछि, काला, सेता खिलको रुपमा परिणत हुन्छ । सेता खिलहरु छा’ला भित्रै ड’ण्डिफोर वा साना फोका जस्तै हुन्छ । यो फुट्दैन । तर काला खिलहरु फुटेर चिल्लो वा घिउ जस्तो निस्कन्छ । सेता खिलको तुलनामा काला खिलले कुरुप हुन्छन् ।

खिल देखा पर्दा गर्नै नहुने कुरा: अधिकांश मानिसको बानी हुन्छ, नाक वरिपरी यस्ता खि’लहरु आए को’ट्याउने, वा निचोर्ने । यस्तो गर्दा छा’लामा प्वाल पर्नुका साथै खाल्टा–खाल्टा दाग देखिन्छ । इन्फेक्सन भयो भने कान वरिपरीको भाग दीर्घकालिन कुरुप नहोला भन्न सकिन्न । त्यसैले पनि यो बढ्दो उमेरसँगै ग्रन्थीको प्रभावले देखा पर्ने स’मस्या भएकाले आउँछ, जान्छ। सकभर चलाउनु हुदैन् ।

चिल्लोपना वा खिल आउन नदिन यसो गर्नुस्: दिनको तीन पटक सफा पानीले मुख धुने । बाहिर हिँड्दा वा दिनको एक पटक आफ्नो छा’लालाई सुहाउने गुणस्तरीय क्रिमको प्रयोग गर्ने । धुवाँ, धुलोबाट आएपछि फेसवासले मुख सफा गर्ने । बढी नै स’मस्या देखा परे हप्तामा एक चोटी स्क्रप लगाएर सफा गर्ने । सन्तुलित आहारको सेवन गर्ने । अरुले भनेको भरमा बजारमा पाइने जुन सुकै क्रिमको प्रयोग वा जथाभावी औषधि सेवन नगर्ने । यदि धेरै स’मस्या आयो भने चिकित्सकको सल्लाह बमोजिम आौषधि सेवन वा अन्य तरिका अपनाउनु पर्छ । याे पनि पढ्नुहाेला !

थ्रे’डिङ ग’रीसकेपछि नगर्नुहो’स् यी ग’ल्ती, बि’ग्रिएला अ’नुहार: आज भोलि थ्रे’डिङ गर्नु सामान्य कुरा हो । हामीले सु’न्दर बन्ने चक्करमा कतै आफ्नो सुन्दरता त बिगारी रहेका हुँदैन् । आज हामी तपाईलाई थ्रे’डिङ गरिसकेपछि गरिन आम गल्तिका बारेमा जानकारी दिदैछौँ । जुन तपाईले पनि ध्यान नदिनु भएको हुन्छ ।

मे’कअप नगर्नुहोस्- कहिलेकाहिँ हामी व्यस्त हुन्छौ र समय नभएका कारण पार्टीमा जानुभन्दा केही समय पहिले पार्लर जाने गर्छौ । यदि तपाइँ पनि यस्तो गर्नुहुन्छ भने आफ्नो बानी बदल्नुहोस् । किनभने यस्तो पार्टीमा जाने मौका घरीघरी मिल्दैन त्यसैले मेकअप बिना जाने कुरै हुँदैन र तपाईलाई यस्तो समयमा मेकअप गर्नाले जलन हुन सक्छ । सधै थ्रेडिङ गरेको ३/४ घण्टा पछि मात्र मेकअप गर्नुहोस् । खासगरी आखाको मेकअपमा यो कुरालाई बिषेस ध्यान राख्नुहोस् । कुनै पनि फ्रेग्नेन्स् प्रो’डक्सनहरुको प्रयोग नगर्नुहोस्- थ्रेडिङ गरेपछि आईब्रोजको वरिपरिको छाला सुख्खा हुन्छ। यसबाट बच्नको लागि तपाई मश्चुराइजर क्रिमको प्रयोग गर्नुहुन्छ। यसले सुक्खापनबाट राहत दिन्छ, तर यसको कारण जलन र रातो हुनसक्छ । त्यसैले थ्रेडिङ गरेपछि कम्तिमा एक दिन पछि मात्र यसको प्रयोग गर्नुहोस् । यदि तपाई चाहानुहुन्छ भने एलोभेरा जेल लगाउन सक्नुहुन्छ ।

तातो पानी वा बाफबाट टाढा रहनुहोस्- थ्रेडिङ गर्नु भन्दा पहिले तपाईले साहन सक्ने पानीको बाफ लिन सक्नु हुन्छ। यसले तपाईको आइब्रोलाई नरम बनाउछ र थ्रेडिङ गर्न सजिलो पार्दछ । तर थ्रेडिङ गरिसकेपछि कम्तीमा दुई घन्टासम्म तातो पानी र बाफबाट टाढा रहनुहोस् । थ्रेडिङ गरेपछि तपाईको छाला निकै नै संवेदनशील हुन्छ र तातो पानीको प्रयोग गर्नाले रातो हुने समस्या सम्भावना बढाउँछ ।

थ्रेडिङ गरेको ठाउँमा धेरै चोटी नछुनुहोस्- के तपाई पनि आईब्रोजको आकार बनाउनको लागि यो भागमा छोई रहने गल्ति गर्नुहुन्छ ? त्यसोभए अब यसो गर्नु हुँदैन । थ्रेडिङ गरीसकेपछि छाला एकदम संवेदनशील हुन्छ यस्तो अवस्थामा यसलाई छोईराख्यो भने इ’न्फेक्सन हुने सम्भावना बढी हुन्छ। तपाईको एउटा सानो गल्तीले समस्यामा पार्न सक्दछ। यदि तपाईलाई यस भागमा चिलाउछ भने एलोभेरा जेल प्रयोग गर्नुहोस् वा गुलाबजल प्रयोग गर्नुहोस् । तुरुन्त घाममा ननिस्किनुहोस्- थ्रेडिङ गरेपछि, यदि तपाई तुरुन्तै घाममा जानुहुन्छ भने घामको किरणले तपाईको संवेदनशील छालामा प्रतिक्रिया देखाएर रातोपन र जलनको समस्या उत्पन्न गर्नेछ। त्यसैले सधैभरी थ्रेडिङको ३,४ घण्टा पछि मात्र घाममा निक्लिनुहोस् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!