Sunday, September 26
Shadow

नायिका सृस्टि श्रेष्ठले सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(२७ तस्बिर सहित)

नायक सौगात मल्ल चलचित्र क्षेत्रमा चिनिएको नाम हो । ‘पूर्व मिस नेपाल’ श्रृष्टी श्रेष्ठल पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी नायिका हुन। सबैलाई थाहा भएको कुरा उनीहरु एक अर्काको प्रेममा खुबै रमाइ रहेको कुरा भैरहन्छ। उनीहरु प्रेममा रमाएको धेरै नै भयो । श्रृष्टी र सौगात एकसाथ भएकोमा उनीहरुको परिवार पनि खुशी छन ।

श्रृष्टीले सौगातको साथ रोज्दा श्रृष्टीको परिवारबाट कुनै अवरोध आएको छैन । परिवारको साथका कारण पनि श्रृष्टी सौगातसँग सहज रुपमा जीवन बिताइरहेकी छिन् । सौगात र श्रृष्टी दुबै जना कम बोल्छन् । यसैले कतिपयलाई उनीहरुको जोडी रोमान्टिक नलाग्न पनि सक्छ । सौगात र श्रृष्टीले एक अर्कालाई ‘आई लभ यू’ भन्ने शब्द प्रयोग गरेका छैनन् । सौगातका अनुसार, उनीहरुले व्यक्त गर्ने माया अरु कसैले पनि कल्पना गर्न सक्दैन । सौगात र श्रृष्टी अहिले एकसाथ चलचित्रमा काम गरेका छन् । सौगात र श्रृष्टीको माया अरुका लागि पनि डाहा गर्ने खालको छ । नायिका श्रृष्टी श्रेष्ठले सौगात मल्ल आफूलाई मनपर्ने हिरो भनेर ‘गाजलु’ चलचित्र चल्दा इन्टरभ्युमा भनेकी थिन् ।

सौगात र श्रृष्टीको प्रेममा झगडा नै नहुने भन्ने होइन । झगडाले उनीहरुको प्रेमलाई झनै बलियो र विश्वा सिलो बनाइदिएको छ । सौगात र श्रृष्टीले एक अर्काको खुबै केयर गर्छन् । घरमा रहँदा एक अर्काको कपडा धोइदिनेदेखि जुत्तामा पोलिस गरिदिने कामसम्म दुबैले गर्छन् । सौगात मल्लले चलचित्र क्षेत्रमा एउटा स्थान बनाइसकेका थिए । श्रृष्टी ‘गाजलु’ मार्फत् चलचित्र क्षेत्रमा डेब्युको तयारीमा थिइन् । त्यो समय अन्तरवार्ता दिदै गर्दा श्रृष्टीले सौगातसँग डेटमा जाने इच्छा राखेकी थिइन् । भगवानले ‘तिमी आट, म पुर्याइदिन्छु’ भने जस्तै श्रृष्टीका लागि सौगातको हकमा यही कुरा लागू भएको छ । पछि सौगात र श्रृष्टीलाई एउटै चलचित्रबाट अफर आयो ।

त्यो समय सौगातले श्रृष्टीलाई राम्रोसँग चिन्दैन थिए । सो चलचित्रको सिलसिलामा उनीहरुको भेट भएको थियो । तर, उनीहरुले काम गर्ने भनेको चलचित्र नबन्ने भयो । सौगात र श्रृष्टीको कुराकानी हुन छोड्यो । लगभग २ वर्षसम्म उनीहरु बोलेनन् । भेट भएको २ वर्षपछि श्रृष्टीले ‘ह्याम्लेट’ नामक नाटकमा अभिनय गरेकी थिइन् । उक्त नाटक हेर्न सौगात नाटक घरसम्म पुगे । नाटक हेरेपछि सौगात पनि श्रृष्टीको फ्यान भएर फर्किए ।

उक्त नाटकपछि सौगात र श्रृष्टीको कुराकानी शुरु भयो । प्रेममा परेपनि दुबैले प्रस्ताव भने राखेनन् । तर, पनि दुबै जनाको मनबाट निस्किएको प्रेमको तरंगले दुबैको मुटु छोइसकेको थियो । आखिर, माया भनेको यही त हो । मुखले बोल्नै पर्दैन । सौगात र श्रृष्टी चलचित्र हेर्न कुमारी हल पुगेको खबर मिडियामा भाइरल भयो । दुबै जना प्रेम लुकाउने सोचमा थिएनन् । थाहा हुने कुरा लुकाएर राख्न उनीहरु चाहँदैनन् थिए । तत्काल बिहे गर्ने योजनामा छैनन् । समय आएपछि बिहे हुनेमा दुबै ढुक्क छन् । श्रृष्टी र सौगात बिहेको बिषयमा सकारात्मक छन् । तर, त्यो दिनको प्रतिक्षामा उनीहरु छन् जुन दिन उनीहरु सामाजिक रुपमा नै एक अर्काको अंगालोमा बाँधिदिने छन् । हेरौ उनका सुन्दर तस्बिरहरु

1.

2.

3.

4.

5.

6.

7.

8.

9.

10.

11.

12.

13.

14.

15.

16.

17.

18.

19.

20.

21.

22.

23.

24.

25.

26.

27.

28.

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!